कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५
953

 काठमाडौं सोमबार सम्पन्न कामना सेवा विकास बैंकको ११ औं वार्षिक साधारणसभाले आव ०७३।७४ को नाफाबाट सेयरधनीहरूलाई १२ प्रतिसत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव स्वीकृत गरेको छ । उक्त प्रस्तावको स्वीकृतीसँगै बैंकको चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५ सय १९ रुपैयाँ पुगेको छ ।
सो साधारणसभाले ६ जना सञ्चालकहरूको निर्विरोध निर्वाचित गरेको छ । जसमा सुदीप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदी रहनुभएको छ । साधारणसभापश्चात् बसेको सञ्चालक समितिको बैठकले सुदीप आचार्यलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ । बैंकका सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा भएको सभाको सञ्चालन बैंकका कम्पनी सचिव खिमलाल भुसालले गरे । बैंकको लाभाशंदर वृद्घि हुनुपर्ने, कारोबार विस्तार गर्दै काठमाडौं उपत्यकाभित्र शाखा सञ्जाल वृद्घि गर्नुपर्ने, खराब कर्जा कम गर्दै सेयरधनीहरूलाई उचित मुनाफा वितरण गर्नुपर्ने धारणा सेयरधनीहरूको थियो ।