कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५
627

 गरिमा विकास बैंक र कुमारी बैंकबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।  बिहीबार गरिमा विकास बैंकको तर्फबाट नायव महाप्रबन्धक  माधवप्रसाद उपाध्याय र कुमारी बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतापश्चात् कुमारी बैंकका देशभर सञ्चालनमा रहेका ८६ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने नायव महाप्रबन्धक माधवप्रसाद उपाध्यायले बताए ।
 सोही कार्यक्रममा गरिमा विकास बैंकले कुमारी रेमिटमार्फत रकम भुक्तानी गर्ने सम्बन्धमा समेत गरिमा विकास बैंक र कुमारी बैंकबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापश्चात् गरिमा विकास बैंकका देशभर सञ्चालनमा रहेका ५७ शाखा कार्यालयबाट कुमारी रेमिटमार्फत रकम भुक्तानी गर्न र खातामा जम्मा गर्न सकिने बैंकले बताएको छ ।