कारोबार संवाददाता
सोमवार, असार ३२, २०७५
329

सिद्घार्थ बैंकले देशका विभिन्न स्थानहरूमा आइतबार एकै साथ ३ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कपिलवस्तु शवराज नगरपालिको चन्द्रौटा, पश्चिम रुकुम मुसिकोट नगरपालिकाको मुुसिकोट र पूर्व रुकुम पुथा उत्तरगंगा गाउँपालिकाको पुथा उत्तरगंगामा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुराउने उद्देश्यले उक्त शाखाहरू सञ्चालनमा ल्याएको हो । त्यसतै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ तथा मेबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ जसले गर्दा ग्राहकहरूलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।