कारोबार संवाददाता
सोमवार, असार ३२, २०७५
383

प्रभु बैंकले बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–३ र भोजपुर जिल्लाको हतुवागढि गाउँपालिका–१ गरी २ वटा नयाँ शाखा कार्यालय आइतबारदेखि सञ्चालनमा ल्याएको छ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ स्थित बैंकको ताराखोला शाखा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीबाट र भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका–१ स्थित बैंकको हतुवागढी शाखा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईबाट उद्घाटन भएको बैंकले जनाएको छ ।