कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५
312

प्रभु बैंकले मुस्ताङ जिल्ला, थासाङ गाउँपालिका–२ कोबाङमाथासाङ शाखाकार्यालय र मनाङ जिल्ला, नाशोङ गाउँपालिका–३ धारापानीमा नाशोङ शाखा, शाखाकार्यालय सञ्चालनमा ल्याएको छ । मुस्ताङ जिल्ला, थासाङ गाउँपालिका–२ कोबाङस्थित बैंकको थासाङ शाखा कार्यालय थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनबाट र मनाङ जिल्ला, नाशोङ गाउँपालिका–३ धारापानीमा स्थित बैंकको नाशोङ शाखा, कार्यालय नाशोङ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेबाट एक समारोहकाबीच उद्घाटन भएको बैंकले जनाएको छ ।