सहकारी हकहित समाजको अध्यक्षमा खतिवडा
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५
127

 राज्य र सहकारी अभियानकाबीच समन्वयकारी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापित सहकारी हकहित समाजको अध्यक्षमा पुनः अर्जुन खतिवडा चयन भएका छन् । संस्थाको दोस्रो वार्षिक साधारणसभाले उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा ऋिषिराम ढकाल र कोषाध्यक्षमा सुशील चौधरीलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । त्यसैगरी समितिका सदस्हरूमा मोहनकुमार मैनाली, केदार बाँस्कोटा र मानबहादुर केसी छन् ।
संस्थाले सहकारीका नीतिगत, कानुनी र व्यावहारिक कठीनाइहरूबारे बहस पैरवी गर्दै आएको छ । आगामी दिनमा पनि शिक्षा, तालिम, गोष्ठी तथा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नका लागि कार्ययोजना निर्माण गर्ने अध्यक्ष खतिवडाले जानकारी दिए ।

सातामा धेरै पढिएको