एनआईसी एसिया क्यापिटलको लगानी व्यवस्थापन कार्यशाला
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५
111

लगानीका व्यावहारिक तथा आधारभूत पक्षहरूको बारेमा जानकारी गराउँदै एनआईसी एसिया क्यापिटलद्वारा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ग’ वर्गका वित्तीय संस्थाहरूलाई लगानी व्यवस्थापनसम्बन्धी निर्णय क्षमता अभिवृद्धि गराउन एक दिने निःशुल्क कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सो कार्यशालामा २० भन्दा बढी संख्यामा ‘ग’ वर्गका वित्तीय संस्थाहरूका वित्त व्यवस्थापन तथा कोष व्यवस्थापन विभागमा विभिन्न तहमा कार्यरत प्रतिनिधिहरूको सहभागिता रहेको भन्दै बैकले संस्थागत जोखिम न्यूनीकरण गर्न वित्तीय संस्थाहरूले लगानीमा तय गर्नुपर्ने निश्चित मार्ग(चित्र तथा समय सापेक्ष रूपमा लगानीका आधारहरू परिमार्जन गर्ने तरीकाहरूका बारेमा सो कार्यशाला केन्द्रित रहेको बताएको छ । साथै, एनआईसी एसिया क्यापिटलले धितोपत्र बोर्डद्वारा आयोजित क्यापिटल एक्सपो २०७५ मा सहभागिता जनाएको छ ।
सो प्रदर्शनीमा राखिएको एनआईसी एसिया क्यापिटलको स्टलमा प्रत्यक्ष अवलोकन गर्न आएका २५ सयभन्दा बढी सहभागीले एनआईसी एसिया क्यापिटलले प्रदान गर्ने सेवाको जानकारीे लिनका साथै लगानीका विषयमा अन्तरक्रिया गरेका थिए ।

सातामा धेरै पढिएको