कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५
579

हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा देशका विभिन्न दुई गाउँपालिकाहरू क्रमशः बारा जिल्लाको प्रसौनीमा वैशाख २८ गते र बाँके जिल्लाको राप्तीसोनारी, शमशेरगन्जमा वैशाख ३० गतेदेखि आफ्नो नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरूबाट बैंकले ग्राहक महानुभावहरूलाई अत्याधुनिक तथा सबै प्रकारका बैंकिङ सुविधाहरू उपलब्ध हुनेछ । नयाँ शाखाहरू सञ्चालनमा आएपश्चात् बैंकको कुल शाखा संख्या ४९ पुगेको छ ।