कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५
646

ग्लोबल आईएमई बैंकले यस साता ४ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकल सोमबारदेखि रुपन्देही जिल्लाको देवदह नगरपालिका–१०, चारांगेमा ८० औं, मगंलबारदेखि गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–३, हार्दिनेटामा ८१ औँ, सोही गाउँपालिका–५ भेदुवामा ८२ औँ र बुधबारदेखि गुल्मी जिल्लाकै गुल्मीदरबार गाउँपालिका–२ हटियामा ८३ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ । यससँगै ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ८३ पुगेको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ ।