कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५
541

बैंक अफ काठमान्डू र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवसथापान विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक सरेज बुढाथोकी छेत्रीले यही बुधबार हस्ताक्षर गरेका छन् । यस सेवाअन्तर्गत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले बैंकका ७९ शाखाबाट जीवन बिमा सुलभ र सहज रूपले उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।