कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५
430

 सिद्धाथ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले फेज नेपालको मातृ स्वास्थ्य सेवा परियोजना सहयोगार्र्थ ४ लाख ८ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम एक समारोहकाबीच मंगलबार बैंकका अध्यक्ष मनोजकुमार केडियाले फेज नेपालका अध्यक्ष्य राजेन्द्रकुमार कार्कीलाई हस्तान्तरण गरे । सो सहयोग रकम मुगु जिल्लाको दुर्गम क्षेत्रका सुत्केरी महिला र नवजात शिशुहरूका लागि लुगा तथा कम्बल वितरण गर्नका लागि प्रयोग गरिनेछ । सो कार्यक्रममा बैंकका अध्यक्ष केडियाले आगामी दिनहरूमा पनि सिद्धार्थ फाउन्डेसनले यस्तै प्रकारका विभिन्न कार्यहरूमा सहभागिता जनाउँदै जाने जानकारी पनि गराए ।