कारोबार संवाददाता
मंगलबार, जेठ १, २०७५
994

नेपाल राष्ट्र बैंकले सोमबार निष्कासन गरेको सरकारी ऋणपत्रमा मागभन्दा धेरैको आवेदन परेको छ । केन्द्रीय बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ बरावरको सरकारी ऋणपत्र निष्कासन गरेकोमा २ अर्ब ५३ करोड रुपैयाँ बरावरको आवेदन परेको हो ।
सरकारले पुरानो ऋपत्रको साँवा भुक्तानी नगर्ने भएपछि त्यसलाई नवीकरणका लागि निष्कासन गरेको सो ट्रेजरी बिल्समा ९१ दिनेमा निष्कासित रकमभन्दा धेरैको आवेदन परेको हो । सरकारलाई पुँजी आवश्यक भएपछि केन्द्रीय बैंकले छोटो अवधिको सरकारी ऋणपत्र जारी गर्छ । केन्द्रीय बैंकले सोमबार ९१ दिने २ अर्ब ५३ करोडको ट्रेजरी बिल्स निष्कासन गरेकोमा त्यसका लागि २ अर्ब ८३ करोड रुपैयाँ बरावरको आवेदन परेको हो । तर, १८२ दिनमा परिपक्व हुने गरी २ अर्ब रुपैयाँ बरावरको निष्कासन गरेकोमा सोही निष्कासन रकम बरावरको आवेदन परेको केन्द्रिय बैंकले जनाएको छ ।

निष्कासित ९१ दिने ट्रेजरी बिल्सको औसद दर ४.५६ प्रतिशत रहेको छ भने १८३ दिनेको ४.९५ कायम भएको छ । यसभन्दा अघि बैंशाख २४ गते केन्द्रीय बैंक निष्कासन गरेको ९१ दिन ट्रेजरी बिल्सको औसत ४.९७९२ र एक वर्षे ट्रेजरी बिल्सको औसत व्याजदर ५.३१९१ प्रतिशत रहेको थियो ।
सोमबार निष्कासित ट्रेजरी बिल्सको औसत दरले वित्तीय प्रणालीमा तरलताको अवस्था सन्तुलना रहेको जनाएको केन्द्रीय बैंकका एक अधिकारीले बताए । “पछिल्लो समयमा वित्तीय प्रणालीमा २१ अर्ब अधिक तरलता रहेको छ,” उनले भने, “यो भनेको सन्तुलित अवस्था हो ।”
वित्तीय प्रणालीमा अधिक तरलता भएको समयमा ट्रेजरी बिल्स खरिदका लागि अधिक आवेदन आउछ । तर, पछिल्लो समयमा वित्तीय प्रणालीमा तरलता सन्तुलित अवस्थामा भएको हुनाले व्याजदरमा खासै परिवर्तन भएको भएन । ट्रेजरी बिल्सको रेटलाई वित्तीय प्रणालीको तरलताले प्रभाव पार्ने गर्छ । पछिल्लो समयमा बजारमा तरलता सन्तुलन अवस्थामा रहेको हुनाले ब्याजदर पनि धेरै उतारचढाव नहुने ति अधिकारीको भनाइ छ । सो ट्रेजरी बिल्स खरिदका लागि अप्रतिस्पर्धि आवेदनका लागि १५ प्रतिशत छुट्टाएको छ । सोमबार अक्सन भएको बिल्सको निष्कासन तथा बाडफाँड मंगलबार हुनेछ ।