कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५
984

नेपाल राष्ट्र बैंकले सोमबार ४ अर्ब ५३ करोड रुपैयाँ बरावरको सरकारी ऋणपत्र निष्कासन गर्ने भएको छ । सरकारले पुरानो ऋणपत्रको साँवा भुक्तानी नगर्ने भएपछि त्यसलाई नवीकरणका लागि ऋणपत्र निष्कासन गरेको हो । 
सरकारलाई पुँजी आवश्यक भएपछि केन्द्रीय बैंकले छोटो अवधिको सरकारी ऋणपत्र जारी गर्छ । केन्द्रीय बैंकले सोमबार ९१ दिने र १८२ दिने गरी २ प्रकृतिका ऋणपत्र जारी गर्ने भएको हो । पहिलो ९१ दिनमा परिपक्क हुन्छ भने दोस्रो १८२ दिनमा परिपक्क हुने केन्द्रीय बैंकले जनाएको छ । २ अर्ब ५३ करोड रुपैयाँ बरावरको ९१ दिनको र २ अर्ब रुपैयाँ बरावरको १८२ दिने टे«जरी विल्स जारी गरेको हो ।

यस ऋणपत्रको व्याजदर भने बोलकबोल मार्फत निर्धारण हुने कन्द्रीय बैंकले जनाएको छ । यसभन्दा अघि बैंशाख २४ गते केन्द्रीय बैंक निष्कासन गरेको ९१ दिन टे«जरी विल्सको औसत ४.९७९२ र र एक वर्षे टे«जरी बिल्सको औसत ब्याजदर ५.३१९१ प्रतिशत रहेको थियो ।
वित्तीय प्रणालीमा अधिक तरलता भएको समयमा टे«जरी बिल्स खरिदका लागि अधिक आवेदन आउँछ । तर, पछिल्लो समयमा वित्तीय प्रणालीमा तरलता संकुचन तर्फ उन्मूख देखिएकाले व्याजदर वढ्दो गतीमा देखिएको छ । टे«जरी विल्सको रेटलाई वित्तीय प्रणालीको तरलताले प्रभाव पार्ने गर्छ । पछिल्लो समयमा बजारमा तरलता सन्तुलन अवस्थामा रहेको हुनाले ब्याजदर पनि धेरै उतारचढाव नहुने नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । वित्तीय प्रणालीमा तरलताको अवस्था कस्तो छ भनेपनि आइतबारको टे«जरी बिल्सको बिक्री अवस्थाले देखाउने उनले बताए । सो टे«जरी बिल्स खरिदका लागि अप्रतिस्पर्धी आवेदनका लागि १५ प्रतिशत छुट्टाएको छ । सोमबार अक्सन भएर बिल्सको निष्कासन तथा बाडफाँड मंगलबार हुने छ ।