कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५
829

राज्य र सहकारी अभियानकाबीच समन्वयकारी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापित सहकारी हकहित समाजको अध्यक्षमा पुनः अर्जुन खतिवडा चयन भएका छन् । संस्थाको दोस्रो वार्षिक साधारणसभाले उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा ऋिषिराम ढकाल र कोषाध्यक्षमा सुशिल चौधरीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । त्यसैगरी समितिका सदस्हरुमा मोहन कुमार मैनाली, केदार बाँस्कोटा र मान बहादुर केसी रहेका छन् ।
संस्थाले सहकारीका नीतिगत, कानूनी र व्यवहारिक कठीनाईहरुबारे बहस पैरवी गर्दै आएको छ । आगामी दिनमा पनि शिक्षा, तालिम, गोष्ठी तथा चेतनामूलक कार्यक्रम संचालन गर्नका लागि कार्ययोजना निर्माण गर्ने अध्यक्ष खतिवडाले जानकारी दिए ।