कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५
879

प्रभु बैंकले बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका–४, बाग्लुङ जिल्ला तमानखोला गाउँपालिका–१, दैलेख जिल्ला भगवतीमाई गाउँपालिका–२ र दैलेख जिल्ला गँुरास गाउँपालिका–४ गरी ४ वटा शाखा कार्यालय आइतबारदेखि सञ्चालनमा ल्याएको छ । बैंकको निसीखोला शाखा, तमानखोला शाखा, भगवतीमाई शाखा र गुराँस शाखाको उद्घाटन सम्बन्धित गाउँपालिकाका अध्यक्ष क्रमशः तारानाथ पौडेल, जोकलाल बुढा, दानबहादुर थापा र  खेमराज ओलीबाट भएको बैंकले जनाएको छ । आइतबारदेखि सञ्चालनमा आएका बैंकका शाखा कार्यालयहरूबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरू, उद्यमी, व्यवसायी तथा संघ–संस्थाहरूले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र चारैवटा गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।