कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५
559

 जनता बैंक नेपालको दोर्दी शाखाको प्रदेश नंं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार एक समारोहकाबीच उद्घाटन गरे । बैंक सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गुरुङले सरकारको प्रत्येक गाउँपालिकामा बैंक शाखा पुराउने नीति अनुरूप दोर्दीमा जनता बैंकको शाखा स्थापना भएकोमा खुसी व्यक्त गर्दै जनसमुदायलाई बैंकको सहयोगमा उद्यमशील बन्न आग्रह गरे । कार्यक्रममा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले देशको ग्रामीण तहसम्मका जनताहरूको पहुँचमा बैंकिङ सेवा पुराउने लक्ष्य अनुसार शाखा खोलिएकाले यहाँबाट आधुनिक बैंकिङ सुविधा लिई जीवनस्तरलाई सहज बनाउन आग्रह गरे । शाखा उद्घाटनकै अवसरमा दोर्दी गाउँपालिका परिसरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।