कारोबार संवाददाता
आइतवार, बैशाख ३०, २०७५
703

 लुम्बिनी विकास बैंकले आफ्नो सेवाविस्तारको क्रममा स्याङजाको पुतलीबजार नगरपालिका–३ बाडखोला तथा मोरङको बेलबारी नगरपालिका–७ नयाँ बाहुनीमा शुक्रबार आफ्नो ६१ औं तथा ६२ औं शाखा सञ्चालनमा ल्याएको छ । मोरङको नयाँ बाहुनी शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरे भने स्याङजाको बाडखोला शाखाको बैंकका सञ्चालक गणेशराज रेग्मी तथा पुतलीबजार नगरपालिकाका मेयर महेश पुरीले संयुक्त रूपमा उद्घाटन गरे । कार्यक्रममा बैंकका प्रम’ुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले उपस्थित अतिथि तथा ग्राहक महान’ुभावहरूलाई स्वागत गर्दै बैंकबाट उपलब्ध सेवा सुविधाहरूको सम्बन्धमा स्पष्ट पारेका थिए ।