कारोबार संवाददाता
आइतवार, बैशाख ३०, २०७५
1128

नेपाल बंगलादेश बैंकले शाखा विस्तारको क्रममा आफ्नो ५९,६०,६१ र ६२ औं शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबारबाट रौतहट जिल्लाको चन्द्रनिगाहपुर र सर्लाही जिल्लाको ब्रम्हापुरी, कौडेना विष्णु गाविस (सिमरा) मा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको जनाएको छ ।
सो कार्यक्रमहरूको उद्घाटन, बैंकका सञ्चालक माधवप्रसाद न्यौपानेद्वारा गरिएको थियो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरूको बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए । साथै यी शाखाहरूबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।