कारोबार संवाददाता
आइतवार, बैशाख ३०, २०७५
777

मुक्तिनाथ विकास बैंकले मानेभञ्ज्याङ गाउँपालिका–५, मानेभञ्ज्याङमा आफ्नो ८० औं शाखा विस्तार गरेको छ । शुक्रबार मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष मोतीराज राईले उक्त शाखा कार्यालयको उद्घाटन गरेको बैंकले जनायो । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि राईले नेपाली समाज सुहाउँदो वित्तीय सेवाहरु प्रदान गर्दै आएको बैंक मानेभञ्ज्याङमा आउनु भनेको स्थानीय जनताका लागि निकै खुसीको विषय भएको बताए ।
साथै कार्यक्रमका सभापति एवं बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको उद्देश्यमाथि प्रकाश पार्दै बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिका बारेमा जानकारी गराए ।