कारोबार संवाददाता
आइतवार, बैशाख ३०, २०७५
655

स्वास्थ्य सेवामा ग्राहको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लूक्रस अस्पतालबीच आफ्ना ग्राहकहरूलाई नगदरहित हस्पिटलाइजेसन सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकहरूलाई बिमालेखको सीमासम्म ब्लूक्रस अस्पतालबाट नगदरहित हस्पिटलाइजेसन सेवा प्राप्त हुनेछ । सो सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र ब्लूक्रस अस्पतालका तर्फबाट सदस्य सचिव तथा कार्यकारी समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका थिए ।