कारोबार संवाददाता
शुक्रवार, बैशाख २८, २०७५
756

सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ इन्स्योरेन्सबीच बैंकासुुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सो सम्बन्धी सहमति पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेको बैंकले जनाएको छ । सांग्रिला डेभलपमेन्ट बैंक समेत आबद्ध रहेको उक्त इन्स्योरेन्स कम्पनीबाट सम्झौता भएअनुुसार यस बैंकका कर्मचारी, शेयरधनी समूह र ग्राहकहरूले बैंकको जुुनसुुकै शाखाबाट प्रभुु लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बिमासम्बन्धी सम्पूूर्ण सेवा सहज र सरल रूपले लिन सक्ने छन् । यसरी बैंकले आफ्ना सबै शाखाहरूबाट बैंकिङ सेवाको अतिरीक्त लाइफ इन्स्योरेन्सले प्रदान गर्ने विविध प्रोडक्टहरूलाई विविधीकरण गर्दै बिमासम्बन्धी सेवा पनि प्रदान गर्न लागेको बैंकका प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए ।