कारोबार संवाददाता
शुक्रवार, बैशाख २८, २०७५
615

 नेपाल बंगलादेश बैंकले शाखा विस्तारको क्रममा आफ्नो ५८ औं शाखा सञ्चालनमा ल्याएको छ । यस बैंकले बिहीबारबाट महोत्तरी जिल्लाको बर्दिबासमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको हो ।
सो कार्यक्रमको उद्घाटन, बैंकका सञ्चालक माधव प्रसाद न्यौपानेद्वारा गरिएको थियो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुका बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए । साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।