कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५
1067

विकास बैंकहरूमा सबैभन्दा बढी चुक्तापुँजी भएको महालक्ष्मी विकास बैंकले यही बिहीबार नयाँ वर्ष २०७५ को शुभ अवसरमा शुभकामना आदान–प्रदान तथा स्मार्ट बैंकिड सोलुसनको उद्घाटन गरेको छ । उक्त अवसरमा प्रमुख अतिथि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कम्प्युटरको बटन थिचेर स्मार्ट बैंकिड सोलुसनको उद्घाटन् गरे । यस सेवाअन्तर्गत नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट आदिको महसुल भुक्तानी, ई–सेवामा रकमान्तरजस्ता सुविधाहरू रहेको बैंकले जनाएको छ ।