कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५
980

जनता बैंक नेपालको शाखा विस्तारको निरन्तरता सँगै सोमबारदेखि कोहलपुर शाखाबाट कारोबार सुरु गरिएको छ । कोहलपुर नगरपालिका–११, बाँकेमा रहेको यस शाखा बैंकको १०८ औं शाखा हो भने बाँके जिल्लाको दोस्रो शाखा भएको बैंकले जनाएको छ । यस शाखाबाट पनि अन्य शाखाहरूमा झैं आधुनिक बैंकिङ सेवाका साथै रेमिटेन्स सेवा र बैंकासुरेन्स सेवा पनि लिन सकिने पनि जनाएको छ । कोहलपुर नगरपालिका क्षेत्रमा बासोवास गर्ने जनताहरूलाई सहज बैंकिङ सेवा पुराउने पहल स्वरूप स्थापना गरिएको यस शाखाबाट नेपालगन्ज शाखाका ग्राहकका साथै पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने ग्राहकहरूले समेत थप सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।