कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५
778

आईएमई जनरल इन्स्योरेन्स र नर्भिक इन्टरनेसनल हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक इन्टरनेसनल हस्पिटलका प्रमुख बजार अधिकृत प्रवीण धरले हस्ताक्षर गरे ।
यस सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकको बिमालेखको सीमासम्म नर्भिक इन्टरनेसनल हस्पिटलबाट नगद रहित हस्पिटलाइजेसन सेवा प्राप्त हुने कम्पनीले जनाएको छ ।
सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नर्भिक इन्टरनेसनल हस्पिटलले कम्पनीसँगको सहकार्यमा कम्पनीका ग्राहकलाई बिमालेखमा तोकिएको सीमासम्म नगद रहित हस्पिटलाइजेसन सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी सम्झौता गरेकोमा अस्पतालका सञ्चालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए । साथै सोही अवसरमा नर्भिक हस्पिटलले आफना ग्राहकहरूलाई आईएमई जनरल इन्स्योरेन्ससँग आईजीआई औषधोपचार बिमालेख खरिद गरी अस्पतालसँग बिमालेखको सीमासम्म नगद रहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यलाई औषधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बिमा सेवा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरे ।