कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
615

बैंक अफ काठमाण्डू र ग्राण्डी अस्पतालबीच कार्ड प्रयोगकर्ताहरूलाई ७.५ प्रतिशतसम्म छुट उपल्ब्ध गराउने सम्झौता भएको छ । अब बैंक अफ काठमाडौँ ग्राहकहरूले ग्राण्डी अस्पतालमा उपचार गराउँदा ७.५ प्रतिशतसम्म छुट पाउने भएको बैंकले जनाएको छ । सम्झौतामा बिहीबार बैंकका र ग्राण्डी अस्पतालका बजार व्यवस्थापन प्रमुखहरूले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार यो छुट ग्राण्डी अस्पतालका सेवाहरूमा लागू हुने र अन्य सेवा जस्तै औषधि उपभोग्य वस्तु, प्रत्यारोपण सामग्री तथा चिकित्सकको परामर्श शुल्कमा भने छुट लागू नहुन बैंकले जनाएको छ ।