कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४
3122

नेपाल बैंक लिमिटेड बिहीबारदेखि ८० वर्ष पूरा गरी ८१ औैं वर्षमा प्रवेश गरेको छ । वि.सं. १९९४ कात्तिक ३० मास्थापना भई सञ्चालनमा आएको यो बैंक नेपाल राष्ट्र बंैक स्थापना हुनुपूर्व नै स्थापना भएको थियो । बंैकले नेपालमा भारतीय रुपैयाँको चलन चल्तीलाई विस्थापन गरी नेपाली रुपैयाँको चलनचल्ती बढाउनुको साथै जनतालाई बचत गर्ने तथा संस्थागत रूपमा बंैकिङ सुविधा उपयोग गर्ने संस्कृति विकास गरेको थियो । “देशको औद्योगिकीकरण, ब्यापार व्यवसाय विस्तार, आयात निर्यातको प्रबन्ध र नेपाली अर्थतन्त्रको विकासमा पहिलो बंैकको रूपमा यस बंैकले निर्वाह गरेको भूमिका सर्वत्र प्रशंसनीय छ,” बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले खुला रक्तदान तथा मधुमेह परीक्षण तथा जनचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा १ सय ६ जनाले रक्तदान गरे । यसैगरी बैंकद्वारा लायन्स क्लब अफ बिहानी पुतलीसडकसँगको सहकार्यमा आयोजित खुला मधुमेह परीक्षण कार्यक्रममा १ सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

गत आर्थिक वर्ष (०७३÷७४) का वित्तीय परिसूचकहरूले बैंकको सफलताको उत्साहजनक नतिजाहरू देखाएको जनाएको छ । यी परिसूचकहरूवाट बैंकका सेयरधनी, व्यवस्थापन एवं सम्पूर्ण सरोकारवाला सबैमा सकारात्मक ऊर्जा प्राप्त भएको छ । बैंकले आर्थिक वर्ष ०७३÷७४ मा ३ अर्ब २२ करोड खुद मुनाफा आर्जन गरेको छ । चालू आवको प्रथम त्रैमासमा करिब ९७ करोडको हाराहारीमा खुद मुनाफा छ ।
नेपाल सरकार र सर्वसाधारणको निजी सरकारी साझेदारीको अवधारणामा स्थापना भएको यस बैंकले ८० वर्ष पछि पुनः गौरवको अनुभूति गरेको जनाएको छ । सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर हिस्सा रहेको यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड पुगेको छ । बैंकमा १२ लाख ग्राहकहरूले नियमित सेवा लिइरहेका छन् । ती निक्षेपकर्ता हरूबाट २०७४ असोज मसान्तसम्म झण्डै ९३ अर्ब निक्षेप संकलित छ भने ७४ अर्बको हाराहारीमा कर्जा प्रवाह भएको छ । बंैकले निक्षेप, कर्जा सापटी, लगानी, बिल्स, प्रतितपत्र, जमानत, सुन–चाँदी (सामाजिक) कर्जा वैदेशिक मुद्रा सटही सुविधा, सन्ध्याकालिन सेवा, अतिरिक्त बंैकिङ सेवा, लकर सेवा घर दैलोमा बैंकिङ सेवा पेन्सन भुक्तनी, सामाजिक सुरक्षा भत्ता वितरण, टेलिकम बिल भुक्तानी सेवा अन्तर शाखा कारोबार, रेमिट्यान्स सेवालगायत विभिन्न आधुनिक बंैकिङ सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ । काठमाडौं जुद्ध सडकबाट बैंकिङ कारोबार सुरु गरेको यस बैंकले देशभरका सहर, व्यापारिक केन्द्रहरू तथा दुर्गम क्षेत्रका बजारहरूमा समेत आफ्ना शाखाहरू खोली हाल १ सय ३३ शाखा मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।