कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५
731

प्रभु बैंकले जिल्ला काठमाडौँ महानगरपालिका–५ टंगालमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकको टंगाल शाखा कार्यालय बैंकका सञ्चालक अम्बिका शर्मा लामिछानेले एक समारोहबीच समुद्घाटन गरेकी थिइन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरूमध्ये प्रभु बैंकको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरू पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना छ । शाखा कार्यालयहरू स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरू सञ्चालन हुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरूले सरल र सहजरुपमा आधुनिक बैंकिङ सुविधाहरू प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।