कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५
1529

एनआईसी एसिया बैंकले नयाँ वर्ष २०७५ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालद्वारा एक समारोहकाबीच बैंकको आफ्नो रजिस्ट्र्राड कार्यालय, थापाथलीमा उक्त नयाँ सालको क्यालेन्डर सार्वजनिक गरे । हाल मुलुकभर गरी १ सय ९२ शाखा कार्यालय, १ सय ९६ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङमार्फत मुलुककै सबैभन्दा धेरै सञ्जालमार्फत बैंकले आफ्नो सेवाहरू प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार १ सय ५५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब १ सय ७ अर्ब र कुल निक्षेप करिब १ सय ३१ अर्ब रुपैयाँ पुगिसकेको छ । योसँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरूमध्ये अग्रणी स्थानमा रहन बैंक सफल भएको छ । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले निरन्तर पालना गर्दै आएको छ ।