कारोबार संवाददाता
बुधवार, असार ३१, २०७७
577

राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारको सहयोगमा सञ्चालित इनर्जी इफिसियन्सि प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रमअन्तर्गत अशोक स्टील इन्डस्ट्रिज प्रालिलाई एक करोड रुपैयाँ, सीताराम गोकुल मिल्क्सलाई २० लाख एक हजार रुपैयाँ, गोइन्का स्टील प्रालिलाई पाँच लाख ६० हजार चार सय रुपैयाँ रहम कस्तान्तरण गरेको छ । ती उद्योगहरुले रकम मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको भन्दै स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग प्रदान गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी कार्यक्रममा सहभागी हुन आह्वान गरे । उनले अन्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.०७ प्रतिशत कम भएकाले कर्जा सुविधा लिन पनि आह्वान गरे ।
नेपाल सरकार र जर्मन सरकार बीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल आयोजना कार्यन्वयनका लागि सहायता सम्बन्धि कार्य गर्ने गरेको जनाएको छ ।