कारोबार संवाददाता
मंगलबार, असार ३०, २०७७
512

प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिई सोमबारबाट प्रभु क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको सुरु भएको छ ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दैै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले दुवै कम्पनी मर्ज भई एकीकृत कारोबार गरेको उपलक्ष्यमा बधाई दिँदै नेपाली पुँजी बजारमा मर्जर पछिको प्रभु क्यापिटलले गुणस्तरीय सेवा प्रदान गरी महत्वपूर्ण योगदान दिने विस्वास व्यक्त गरे ।

उनले आफ्नो क्षमता र योग्यता देखाउन सक्ने संस्थामात्र बजारमा रहन सक्ने भन्दै प्रभु क्यापिटलले पुँजी बजारमा आफ्नो दरिलो स्थान बनाउने विश्वास लिएको बताए । उनले नेपालमा सेक्युरिटाइजेसनको अवधारणा नभएको हुँदा धितोपत्रबोर्डले यसतर्फ समेत ध्यान दिइरहेको बताए ।
विशिष्टिकृत योजनामा विदेशी लगानी समेत भित्र्याउन सकिने व्यवस्था गरेको बताउँदै उनले क्यापिटलहरु अझ बढी श्रृजनशील हुनुपर्ने बताए ।
कार्यक्रममा तत्कालिन समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एलपी भानु शर्माले पुँजी बजार व्यक्ति मात्रै नभई समाज नैं बन्ने मेलो भएको भन्दै ठूला ठूला संस्थाहरु बन्न धितोपत्र बोर्डले नियमनको दायरा फराकिलो बनाउनुपर्ने बताए ।