कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
554

कुमारी बैंक लिमिटेड र देव विकास बैंकको आधिकारिक एकीकृत कारोबार सुरु भएको छ । कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिरप्रताप जबरा र साविकको देवःविकास बैंकका अध्यक्ष बज्र गुरुङले संयुक्त रुपमा एकीकृत कारोबारको सुरुवात गरेका हुन् ।
एकीकृत कारोबारसँगै अब बैंकको कुल शाखा एवं एक्सटेन्सन काउन्टर २ सय १६, एटीएम काउन्टरको संख्या १ सय ३८ पुगेको छ ।