कारोबार संवाददाता
सोमवार, असार २२, २०७७
634

बैंक अफ काठमाण्डू लिमिटेडले निक्षेप ग्राहकलाई बिमा दावी भुक्तानी गरेको छ । बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ ११ लाखसम्मको बिमा सुविधा उपलब्ध गराउँदै आएको छ । बैंकले बिमा सुविधाअन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तहरुका लागि पाँच लाख रुपैयाँ, १८ घातक रोगहरुको लागि पाँच लाख तथा औषधी उपचारका लागि एक लाख रुपैयाँको बिमा सुबिधा रहेको जनाएको छ ।
शुभद्रा श्रेष्ठले बैंक अफ काठमाण्डू लिमिटेडको साँखु शाखाबाट उक्त सुविधा लिएकी हुन् । श्रेष्ठले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएकी बैकले जनाएको छ । बैंकको उक्त मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेकी श्रेष्ठले औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी पाएकी बैकले जनायो ।