कारोबार संवाददाता
आइतवार, असार २१, २०७७
598

एनआईसी एशिया लघुवित्तको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । लघुवित्तको बिक्री प्रबन्धक सानिमा क्यापटिलले लघुवित्तको आईपीओ शनिबार बाँडफाँड गरेको हो ।
लघुवित्तको आईपीओमा आवेदन गर्ने ३ लाख ९७ हजार ४४१ जना योग्य आवेदकले नै न्यूनतम १० कित्ता सेयर प्राप्त गरेका छन् । यस्तै २० वा २० कित्ता भन्दा बढी सेयरको लागि आवेदन दिने ३ लाख ४१ हजार ५३६ आवेदक मध्ये ४६ हजार ५७९ आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् ।

लघुवित्तको आईपीओमा कुल ४ लाख १४ हजार १८० जनाले आवेदन दिएका थिए । जसमध्ये १६ हजार ४९७ जनको आवेदन रद्ध भएको थियो । बाँकी रहेको ३ लाख ९७ हजार ४४१ आवेदकलाई आईपीओ बाँडफाँड गरिएको हो ।
लघुवित्तको आईपीओमा २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ६५ हजार ३९० कित्ताको लागि आवेदन परेको थियो ।
लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । कुल निष्कासन मध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो । बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।