कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७
865

बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले बिमालेख प्रारम्भ भएको मितिको १ वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न सबै जीवन बिमा कम्पनीलाई निर्देशन दिएको छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार समर्पण मूल्य र बिमालेख धितो राखी कर्जा प्रदान गर्न उक्त निर्देशन दिइएको हो ।

समितिका अनुसार बिमकले अधिकतम एक आर्थिक वर्षभित्र मात्र बिमालेख ‘ब्याकडेट’ गर्न सक्नेछ । तर एकल बिमा शुल्क भुक्तानी गर्ने गरी जारी गरिएको बिमा लेखको हकमा भने त्यस्तो व्यवस्था गर्न पाइने छैन ।
समितिले बिमालेखअन्तर्गत समर्पण मूल्य तथा बिमालेख धितो राखी कर्जा प्रदान गर्दा बिमा लेख प्रारम्भ भएको मितिबाट २ वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने बिमा कम्पनीलाई जानकारी गराएको छ ।