कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७
558

गरिमा विकास बैंकले हायर पर्चेज कर्जा लिनेलाई एक महिनाको ब्याज छुट दिने भएको छ । बैंकले सवारी साधन धितो राखीे यात्रुबाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन (बस, मिनीबस, माइक्रो बस, जिप र ट्याक्सी लगायत) कर्जा लिनेलाई १ महिनाको ब्याज छुट दिने जनाएको छ ।
बैंकले नेपाल राष्ट्र बैंकले वैशाख १६ गते जारी गरेको निर्देशन बमोजिम वैशाख, जेठ र असार महिनाको व्याजदरमा २ प्रतिशत छुट दिनुका साथै महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरेको जनाएको छ ।

सम्पूर्ण सेवाग्राहीहरुले २०७७ असार मसान्तभित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी बाँकी कर्जा पुरै तिरेर उक्त सुविधा लिन सक्ने जनाएको छ ।
बैंकले कोरोनाको महामारी तथा देशब्यापी लकडाउनका कारण अत्याधिक प्रभावित सर्वसाधारण यात्रु तथा पर्यटकबाहक सवारी साधन खरिदका लागि ‘हायर पर्चेज’ शीर्षकमा कर्जा सुविधा उपभोग गर्ने सेवाग्राहीलाई प्रदान गर्न लागेको छुटले सम्बन्धित सेवाग्राहीहरुलाई थोरै भएपनि राहतको महशुस हुनेछ भन्ने विश्वास लिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।