कारोबार संवाददाता
शुक्रवार, असार १२, २०७७
709

नेपाल बैंक लिमिटेडले आफ्नो हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको बोनश सेयरमा सूचीकरण गरेको छ ।
बैंकको हालै सम्पन्न ६०औँ वार्षिक साधारणसभाबाट स्वीकृत चालू आवसम्मको चुक्ता पुँजीबाट एक अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रकम बराबरको एक करोड ४७ लाख १६ हजार ७२२ कित्ता बोनस सेयर सूचीकरण भएको हो ।
बैंकले विज्ञप्ती जारी गरेर बोनस सेयर अभौतिकीकरण (डिम्याट) भएपछि खातामा जाने भएकाले आफ्ना शेयरधनीलाई यथाशीघ्र खाता अद्यावधिकका लागि आग्रह गरेको छ ।