कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७
533

माछापुच्छ्रे बैंकले अनलाइन बैकिङ सेवालाई अपग्रेड गरेको छ । बैंकले नो लाइन बैकिङ नाराका साथ अनलाइन बैकिङ अपग्रेड गरेको हो ।
बैंकका व्यवसायिक तथा व्यक्तिगत दुवै ग्राहकले घर वा कार्यालयमा बसेर अधिकतम बैंकिङ सेवा सरलरूपमा पाउने छन् । साथै अन्तर बैंक रकमान्तर, कनेक्ट आइपिएस र स्टेटमेन्ट हेर्न पाउने छन् ।

यो सेवामार्फत व्यवसायिक तथा कर्पोरेट हाउसले तलबको व्यवस्थापन गर्न पनि पाउनेछन् । साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेको खातामा रकमान्तर, क्रेडिट कार्डको बिल पेमेन्ट, वालेटका माध्यमबाट पैसा लोड र मोबाइल टपअप गर्न मिल्नेछ ।
बारम्बार तिर्नुपर्ने रकमलाई सेड्युल गरेर तिर्न सकिने बैंकले जनाएको छ ।