कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७
584

मोबाइल एप रिचार्जर र एनआईसी एशिया बैंकबीचमा छुट सम्झौता भएको छ । सस्तो मूल्यमा कोरोना सुरक्षाका सामग्रीको बिक्री गर्दै आएको रिचार्जरबाट सामान किनेर एनआईसी एशिया बैंकको क्यूआर कोड, डेविट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ ।
ग्लोबल की टेक्नोलोजी र रिचार्जरबीच भएको सम्झौता अनुसार मे महिना भरी बैंकका सेवाग्राहीले रिचार्जरको छुटसँगै कोरोना सुरक्षाका सामान किन्दा थप १० प्रतिशत छुट पाउने बैकले जनाएको हो ।

रिचार्जरले विश्व बजारको तुलनामा नेपालमा सस्तो मूल्यमा केएन ९५ मास्क उपलब्ध गराउँदै आएको भन्दै निशुल्क होम डेलिभरीसहित १७५ रुपैयाँमा केएन ९५ मास्क उपलब्ध गराउँदै आएको जनाएको छ ।
रिचार्जरले सामाजिक उत्तरदायित्व अन्तरगत अलिबाबा, अमेजन लगायतका प्लेटर्ममा भन्दा पनि सस्तो मूल्यमा मास्क उपलब्ध गराइएको पनि जनाएको छ । रिचार्जरको यो अफरमा एनआईसी एशिया बैंकका सेवाग्राहीले थप १० प्रतिशत छुट पाउने छन् । एनआईसी एशिया बैंकका अनुसार रिचार्जरबाट अर्डर भएको सामानको महसुल भुक्तान भए पछि १० प्रतिशत रकम खातावालाको बैंक खातामा फिर्ता गरिने कम्पनीले बताएको छ ।
ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले आफ्नो जन्मोत्सवको अवसरमा सुरु गरिएको योजनामा एनआईसी एशिया बैंकको योजना पनि थपिए पछि झनै सस्तो मूल्यमा कोरोना सुरक्षाका सामान पाइने बताए ।
“एनआईसी एशिया बैंक र रिचार्जरको यो सहकार्यले धेरैले सस्तोमा मास्क तथा अन्य सामान पाउने उनको विश्वास छ । एपमा मास्कको मूल्य २ सय रुपैयाँ रहने भए पनि २५ क्यास प्वाइन्ट रिडिम गरी १७५ रुपैयाँमा खरिद गर्न सकिन्छ” उनले भने ।