कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७
550

लमजुङ- राष्ट्रिय वाणिज्य बैंक बेसीशहर शाखाले जिल्लास्थित प्रहरीलाई स्वास्थ्य तथा सुरक्षा सामाग्री प्रदान गरेको छ । कोरोना भाइरस संक्रमण जोखिमका बेला जिल्ला प्रहरी कार्यालयमार्फत जिल्लाका प्रहरीहरुलाई सुरक्षा सामग्री प्रदान गरेको हो ।
शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीका लागि एक हजार थान मेडिकल मास्क, एक सय थान सेनिटाइजर सहयोग गरेको शाखा प्रबन्धक सोमनाथ पौडेलले बताए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतिमा खटिएका प्रहरीहरुको सुरक्षाका लागि उक्त सामग्री सहयोग गरिएको पौडेलको भनाई छ ।
शाखाले करिव ४० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको हो । प्रहरीसहित कोरोना विरुद्धको लडार्इंमा खटिने अन्य सुरक्षाकर्मी र सरोकारवालालाई पनि सहयोग गर्ने क्रम जारी रहेका बैंकको बेसीशहर शाखाले जनाएको छ ।