कारोबार संवाददाता
बिहिवार, चैत्र २७, २०७६
500

नेपालगन्ज नेपाल एसबीआई बैंक कोहलपुर शाखाले विश्वव्यापी फैलिएको कोभिड–१९ महामारीको रोकथामका निम्ति खजुरा गाउँपालिकालाई सहयोग प्रदान गरेको छ ।
खजुरा गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुखको उपस्थितिमा बैंकले ३ थान व्यक्तिगत सुरक्षा कवच (पीपीई), स्यानिटाइजर, साबुन, हेन्डवास, सर्जिकल मास्क, गन थर्मोमिटर गरी करिब ८२ हजार रुपैयाँबराबरको स्वास्थ्य सामग्री खजुरा गाउँपालिकालाई हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका प्रदेश छ प्रमुख डिकेन्द्र खड्का, कोहलपुर शाखा प्रमुख नवराज जोशी तथा अन्य कर्मचारीको पनि उपस्थिति थियो ।