कारोबार संवाददाता
बिहिवार, चैत्र १३, २०७६
301

सिटिजन्स बैंक इन्टरनेसनलले हाल रहेको सुर्खेत शाखा कार्यालयभन्दा करिब ५ सय मिटर दक्षिण–पश्चिममा रहेको जुम्ला रोड, वीरेन्द्र नगरपालिका–६, सुर्खेतस्थित आफ्नै सुविधासम्पन्न भवनमा स्थानान्तरण गरी बैंकिङ कारोबार सञ्चालन गरेको छ । उक्त भवनबाटै कर्णाली प्रदेशअन्तर्गत बैंकका ७ वटा शाखा (डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड र सिमिकोट तथा सुर्खेत) बाट व्यापार विस्तारका साथ साथै शाखाहरूसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाइ जस्ता कार्यहरूछिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यका साथ प्रादेशिक कार्यालय स्थापना गरिएको छ । पूजापाठ गरी बैंकले सुर्खेत शाखा र कर्णाली प्रदेशको प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ ।