कारोबार संवाददाता
बिहिवार, चैत्र १३, २०७६
301

लक्ष्मी ग्रुप, देशको एक अग्राणी कर्पोरेट हाउसले नेपाल सरकारबाट स्थापति र सञ्चालित विशेष ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा १ करोड को आर्थिक सहयोग गर्ने घोषणा गर्छ । विश्वका विभिन्न देशमा कोरोना भाइरस संक्रमण भयाभहरूप लिँदै गएको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको खतरा बढ्दै गएको अवस्थामा नेपाल सरकारद्वारा स्थापित उक्त कोषमा जम्मा भएको रकम कोरोना भाइरसको संक्रमण नियन्त्रण र प्रभावितहरूको उपचारका लागि उपयोग गर्नेछ । यसका साथै ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पातलहरूमा कोरोना भाइरसको प्रारम्भिक स्क्रीनिङका लागि फिभर क्लिनिकहरू स्थापना गर्ने पहल सुरु गरेको जनाएको छ । यस्ता क्लिनिकको स्थापनाका लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग उपल्बध गराउने र हेल्थ याट होमले कार्यान्वयन साझेदारको रूपमा कार्य गर्ने पनि कम्पनीले जनायो ।