कारोबार संवाददाता
बिहिवार, चैत्र १३, २०७६
230

काठमाडौंको जोरपाटीमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई आकस्मिक सेवा दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर राख्दै सरकारले नेपालभर लकडाउन गरेको अवस्थामा सदस्यलाई आवश्यक पर्ने सम्पूर्ण सेवा प्रदान गर्ने संस्थाले जनाएको छ ।
यो परिस्थितिमा खाद्यान्नको अभाव, औषधि, उपचारलगायत समस्या भए संस्थाका जिम्मेवार व्यक्तिलाई फोन सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ । सदस्यको खातामा पैसा भए पनि नभए पनि जस्तोसुकै परिस्थितिमा पनि सहकारीले सहयोग गर्ने संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिए ।
“पैसा नभएकै कारण हाम्रा सदस्य र सदस्यका परिवार भोकै बस्नु पर्दैन,” पाठकले भने, “खातामा पैसा भए पनि नभए पनि हामी सदस्यको सहयोगमा अर्लट छौं ।” हाम्रा नेचुरल सहकारीले डिजिटल कारोबारलाई समेत प्राथमिकता दिँदै आएको छ । संस्थाले खातामा पैसा भएको अवस्थामा देशभरका जुनसुकै बैंकको एटीएम बुथबाट निःशुल्क पैसा निकाल्न पाउने व्यवस्था मिलाएको जनाएको छ ।