कारोबार संवाददाता
बुधवार, चैत्र १२, २०७६
453

सरकारले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन तथा नेपालमा फैलिन नदिन गरेको विभिन्न निर्णयहरूलाई आत्मसाथ गर्दै हिमालयन बैंकले यस महामारीबाट आफ्ना कर्मचारीहरू तथा ग्राहकहरूको सुरक्षाका लागि विभिन्न कदम उठाएको जनाएको छ । आफू र आफ्नो नजिकका व्यक्ति संक्रमित नहुन् भन्नका लागि आफैं सचेत हुनु जरुरी रहेकोले बैंकले आफ्ना शाखाहरूमा कर्मचारी तथा ग्राहकहरूका लागि आवश्यक स्यानिटाइजर राखी प्रयोग गर्न भनेको छ ।
त्यसका साथै बैंकले प्रत्यक्ष तथा दैनिक रूपमा विभिन्न व्यक्तिहरूसँग सम्पर्क गर्नु पर्ने भएकाले आफ्ना कर्मचारीहरू तथा ग्राहकहरूलाई कार्यालयमा प्रवेश गर्नुपूर्व अनिवार्य रूपमा शरीरको तपक्रमनापी निश्चित तापक्रमभन्दा बढी भएको ग्राहक तथा कर्मचारीलाई कोरोना भाइरसका बारेमा आवश्यक सचेतना प्रदान गर्ने तथा सुरक्षा रणनीति बताई चिकित्सकसँग आवश्यक परामर्श गर्न आग्रह गरेको जनाएको छ ।