कारोबार संवाददाता
मंगलबार, चैत्र ११, २०७६
408

ग्लोबल आईएमई बैंकले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाल सरकारले आइतबार घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम’ कोषमार्फत १५ लाख रुपैयाँ आर्थिक सहयोगसमेत उपलब्ध गराउने निर्णय गरेकोे बैंकले जनाएको छ ।
कोभिड–१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे पनि जनाएको छ ।