कारोबार संवाददाता
सोमवार, चैत्र १०, २०७६
366

सिद्घार्थ बैंक र काठमाडौंको बसुन्धारास्थित चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्टिच्युट प्रालिबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिने छुटसम्बन्धी सम्झौतापत्र हस्ताक्षर भएको छ ।
सम्झौतापश्चात् बैंकका कर्मचारी र कर्मचारीका सदस्यहरूले बैंकको डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिँदा २० प्रतिशतसम्मको छुट र बैंकका ग्राहकवर्गहरूले सेवा लिँदा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेशराज महर्जन र चिरायु हस्पिटलका तर्फबाट सञ्चालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गरेका हुन् ।