कारोबार संवाददाता
बिहिवार, फाल्गुन १५, २०७६
619

एभरेस्ट बैंक र सोल्टी इन्टरप्राइजेज् प्रालिबीच एभरेस्ट बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्न साझेदारी भएको छ । काठमाडौंको सोल्टी क्राउन प्लाजा प्रदेश नं.३ को पाँचतारे होटल हो र नेपालगन्जमा अवस्थित सोल्टी वेस्टइन्ड प्रदेश नं. ५ को पाँचतारे होटल हो जुन यस क्षेत्रमा विलासी प्रोपटिज र पौराणिक आतिथ्यप्रतिको योगदानका साथ समृद्ध इतिहास र नेपाली पर्यटन उद्योगमा अग्रगामीका रुपमा प्रख्यात छन् ।
एम्ओयूमा हस्ताक्षर भएअनुसार एभरेस्ट बैंकका ग्राहकले निर्धारित मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । उक्त सम्झौताअनुसार एभरेस्ट बैंकका ग्राहकहरूले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन् । एभरेस्ट बैंक सदैव ‘सभिर्स विथ स्माइल’ नाराका साथ ग्राहकका लाभ र सन्तुष्टिमा केन्द्रित रहेको बैंकले जनाएको छ ।