कारोबार संवाददाता
बिहिवार, फाल्गुन १५, २०७६
441

नेपालकै पहिलो रियाली शो नेपाल स्टार’ को बैंकिङ पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ निकट समयमा नै राष्ट्रिय च्यानल नेपाल टेलिभिजनबाट सुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैंकिङ पार्टनरको रूपमा नेपालको प्रतिष्ठित बैंक सिद्धार्थ बैंक बनेको हो ।
राजधानीमा एक समारोहकाबीच नेपाल स्टार आयोजक कि एड्भरटाइजिङ र बैंकिङ पार्टनर सिद्धार्थ बैंकबीच साझेदारीपत्रमा हस्ताक्षर भएको छ । साथै, कार्यक्रम प्रस्तोताका रूपमा नेपाल टेलिभिजन(एनटिभी)का महाप्रबन्धक गोविन्द रोक्काले समेत सहमतिमा ऐक्यबद्धता जनाएका छन् । सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यक्रम अयोजक कि एड्भरटाइजिङका प्रबन्ध निर्देशक रवीन्द्रकुमार रिजालले पछिल्लो समयमा नेपालमा फ्रेन्चचाइज शो चर्चामा रहेकोमा नेपाल टेलिभिजले आफ्नै उत्पादनमा सातै प्रदेशलाई समेटेर नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार ल्याउन सफल भएको बताए ।

राष्ट्रिय कार्यक्रमका रूपमा प्रशारणमा आउन लागेको यस कार्यक्रमले नेपालको स्टार जन्माउने उनले बताए । नेपाल स्टार नेपालको सातै प्रदेश र काठमाडौंमा समेत गरी ८ स्थानमा अडिसन भएको र अब छिट्टै एनटिभीबाट प्रसारण हुनेसमेत उनले बताए । टेलिभिजन च्यानलको अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन र प्रशारण गरिने कार्यक्रम हो नेपाल ।
नेपाल टेलिभिजन नेपाल स्टारलाई देशकै स्टारको रुपमा स्थापित गराउने प्रयासका साथ देशभर लोकप्रिय टेलिभिजन नेपालभर सबैभन्दा बढी हेरिने टेलिभिजन हो । स्पष्ट र बुलन्द आवाजमा फुल एचडीमा प्रशारण नेपाल टेलिभिजनको यस कार्यक्रममा सिद्धार्थ बैंकलाई स्वागत गर्न पाउँदा नेपाल टेलिभिजन गौरवान्वित छ र सधैं यस्ता कार्यक्रममा सिद्धार्थ बैंकलाई सदैव स्वागत गर्छ नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले भने ।