कारोबार संवाददाता
मंगलबार, फाल्गुन १३, २०७६
605

एनआईसी एसिया बैंक र नेपा हिमा ट्रेड लिंक प्रालिबीच यस बैंकका ग्राहक महानुभावहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टेलिभिजनका विभिन्न मोडलको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार यस बैंकका ग्राहकले बैंकको डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा बैंकको आफ्नै पीओएस र क्यूआर कोड प्रयोग गरी सोनी ब्राभियाका विभिन्न मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बेकले जनायो । यो योजना फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । बैंकका ग्राहक महानुभावहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो पनि बैंकले जनाएको छ ।